अर्थ / बाणिज्य

नेप्सेमा ८८ अंककाे गिरावट

इकागज |
मंसिर २६, २०७८ आइतबार १५:१८ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार भारी गिरावट आएको छ । साताको प्रथम दिनको कारोबारमा सेयर बजार परिसूचक ८८ अंकले गिरावट आएको हो । सेयरबजार परिसूचक ८८.७३ अंक अर्थात ३.६२ प्रतिशतले घटेको हो। आइतबार कारोबार बन्द हुँदा परिसूचक २३६१.२४ अंकमा झरेको छ ।

नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १५.१५ अंक अर्थात् ३.२६ प्रतिशतले घटेको छ । आजको कारोबारमा २ सय २८ कम्पनीका सेयर ५१ हजार ८ सय ४४ पटक कारोबार भएको छ ।


नेप्सेमा आज ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रूपैयाँ बराबरको कारोबार हुँदा ७४ लाख ६० हजार ८ सय ७४ कित्ता सेयर कारोबार भएको छ।

आइतबारको कारोबारमा ५ कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १ सय ८४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

आइतबारको कारोबारमा बैंकिङ, व्यापार लगायतका १३ वटै परिसूचक घटेका छन् । आजको कारोबारमा सर्वाधिक कमाउने पाँच कम्पनीमा युनिलिभर नेपाल, स्वभिमान लघुवित्त, नारायाणी विकास बैंक, गुडविल फाइनान्स र मन्जुश्री फाइनान्सको सेयर सर्वाधिक कमाउनेमा परेका छन् । त्यस्तै सर्वाधिक गुमाउने पाँच कम्पनीमा नयाँ सारथी लघुवित्त, लक्ष्मी इक्वुटी फण्ड, नेपाल हाइड्रो डेभलोपर्स, जोशी हाइड्रोपावर र एन आर एन इन्स्फास्ट्रकचर बैंक गुमाउनेमा परेका छन् ।


Author

थप समाचार
x