अर्थ / बाणिज्य

आइतबार सेयर बजार बन्द रहने

इकागज |
पुस ३, २०७८ शनिवार १६:५३ बजे

काठमाडौँ- भोलि पुष ४ गते आइतबार सेयर कारोबार बन्द हुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिएकाले आइतबार सेयर बजार पनि बन्द रहने भएको हो ।

सेयर बजार सार्वजनिक बिदाका दिनहरूमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म ५ दिन खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि नेपाल स्टक एक्सचेञ्जले बजार बन्द गर्ने गरेको छ । अब सेयर बजारमा सोमबारमात्रै कारोबार हुनेछ ।



Author

थप समाचार
x