होटल एशोसिएसनले भन्यो : बागमती प्रदेशको पर्यटन प्रवर्द्धन गर्न विशेष नीति तथा योजना बनाउनू
काठामाडौँ- होटल संघ नेपालले दिगो पर्यटनको लागि सुझाव बनाएको छ। शनिवार संघकी अध्यक्ष सृजना राणाले बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेलाई बागमती प्रदेश पर्यटनको केन्द्र भएकाले विशेष पर्यटन नीति तथा योजना बनाउन सुझाव दिएकी हुन् ।
पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरू शीघ्र कार्यान्वयन गर्नुपर्ने र यसबाट अन्य प्रदेशहरूले पनि सोही बमोजिमको अनुसरण गर्नुपर्ने बताइन् । उनले वातावरणीय अध्ययन आफैंमा राम्रो हुनुपर्ने बताइन् । प्रदेश नीति तथा नियम र संशोधन गरिने विषयहरूमा संघको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनलाई टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधनसहित मजबुत बनाइ प्रदेश सरकारको पूर्ण सहयोगको अपेक्षा राखेको अध्यक्ष राणाले बताइन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको बताए । पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने उनको भनाइ छ ।
उनले यस क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सके रोजगारी र राजश्वको दयरा बढ्ने र पर्यटन क्षेत्रलाई फराकिलो बनाउने आश्वासन दिए । उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष, पश्चिम ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तथा पर्यटकीयस्तरका होटलहरूका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया