अर्थ / बाणिज्य

साइग्रेससँग जस्मिन पेन्ट्सको रणनीतिक साझेदारी

इकागज |
पुस ४, २०७८ आइतबार १८:० बजे

काठमाडौँ - जस्मिन पेन्ट्सले नेपाली स्टोरी टेलर साइग्रेस पोखरेलसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। जस्मिन पेन्टस् सँग जोडिन पाएकोमा पोखरेलले खुसी व्यक्त गरे। ‘स्वदेशमै उत्पादन गर्ने प्रयासलाई म हृदय देखि समर्थन गर्छु। नेपाली ब्रान्डको हिस्सा हुन पाउँदा म हर्षित छु।’ पोखरेलले कलात्मक कथाको माध्यमबाट नेपाली जनतामा सामाजिक प्रभाव सिर्जना गरेका छन्।

 २७ वर्षभन्दा बढी समयदेखि, जस्मिन पेन्ट्सले सबैभन्दा प्रख्यात र उच्च गुणस्तरको रंगहरु उत्पादन गरि राष्ट्रको सेवा गर्दै आएको छ। चितवनबाट सुरु भएको ब्रान्ड अहिले देशैभर स्वीकृत र प्रशंसित छ। जस्मिन पेन्ट्सलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्रदान गरिँदै आएको छ।



Author

थप समाचार
x