एनसीएचएल डिजिटल सर्भिस आइसिटी अवार्डबाट सम्मानित
काठमाडौँ - लभिङ विथ आइसिटी द्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको आइसिटी अवार्ड २०२१ अन्तर्गत 'डिजिटल सर्भिससेज आइसिटी अवार्ड २०२१' को विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउसलाई प्रदान गरेको छ । पौष २ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो, जस अन्तर्गत 'डिजिटल सर्भिसेज' को विधामा एनसीएचएललाई अवार्ड प्राप्त गरेको हो ।
डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।
भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तर्बैंक विद्युतीय भुक्तानी, लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउदै आएको छ ।
एनसीएचएलले आर्थिक वर्ष २०७७/०७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ ।
हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया