अर्थ / बाणिज्य

सुपर कावेली खोला ए र सुपर कावेली खोला क्यासकेड जलविद्युतको मुख्य लगानीकर्ता एनएमबि बैंक

इकागज |
पुस ५, २०७८ सोमबार १२:५७ बजे

काठमाडौँ - एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरू क्रमश स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जी प्रा. लि. द्वारा निर्माण भइरहेको हो ।

यस आयोजनाहरूमा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरूको कूल लागत क्रमश रु २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ जसमध्ये बैकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने जानकारी गराइएको छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । 


एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि  उक्त पत्रिकाबाट चार पटक नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि  प्राप्त गरिसकेको छ । 


Author

थप समाचार
x