अर्थ / बाणिज्य

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

इकागज |
पुस ६, २०७८ मंगलबार १४:४६ बजे

काठमाडौँ - सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सानिमा बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका पाण्डे यस अघि नविल बैंकमा १८ वर्ष काम गरेका थिए । कर्जाको विषयमा राम्रो विज्ञता राख्‍ने बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन्।



Author

थप समाचार
x