अर्थ / बाणिज्य

सेयर बजार सुधारोन्मुख, ५६ अंकले बढ्यो परिसूचक

इकागज |
पुस ६, २०७८ मंगलबार १५:१६ बजे

काठमाडौँ - अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानिय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्‍न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित भएका छन् । हिजो मन्त्रालयले स्थानीय तहको सञ्चित कोषको ८० उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी २०७९ असार मसान्तसम्म बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउनु पत्र पठाएको थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको कारणपनि बजारबाट तरलता अभावको समस्या केही कम हुने आँकलन गर्दै सेयर बजारप्रति लगानीकर्ता आकर्षित भएको सेयर विश्लेषकहरू बताउँछन् । राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको थियो ।


सेयर बजारमा आजको कारोबारमा परिसूचक ५६.७३  अंक अर्थात २.४१ प्रतिशतले बढेको छ । करिब एक महिनादेखि निरन्तर गिरावट आएको बजार मंगलबारको कारोबारमा भने केही सुधार देखिएको हो । कारोबारको दिन पनि सेयर उल्लेख्य गिरावट आएको हो । बजार बन्द हुँदा २४१५.५५ अंकमा उक्लिएको छ।

नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ११.३४ अंक अर्थात् २.५१ प्रतिशतले  बढेर ४६२.५२ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय २६ कम्पनीका सेयर ३४ हजार २ सय १७ पटक कारोबार भएको छ ।

आज २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४६ रूपैयाँ बराबरको कारोबार हँदा ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर किनबेच भएको छ। मंगलबारको कारोबारमा १ सय ८० कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

आजको कारोबारमा होटल बैंक लगायतका १३ वटै समूह परिसूचक हरियो देखिएका छन् । आजको कारोबारमा ग्रीन डेभलोमेन्ट बैंकको सेयरमा सर्किट ब्रेकर लागको छ ।


Author

थप समाचार
x