अर्थ / बाणिज्य

नेपाल लाइफ इन्स्योरेन्सको 'नेपालकै नं १' अभियान सार्वजनिक

इकागज |
पुस ६, २०७८ मंगलबार १७:३९ बजे

काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ। नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्याममार्फत ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै सो दाबी गरेको हो।

कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीहरुका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ। साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ।


नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बताए। अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्‍याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्‍याएका सेयरहोल्डर्स, कर्मचारी, अभिकर्तालगायत प्रत्यक्षरपरोक्ष रुपमा भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए।

‘हामी समग्र जनतामाझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौं। जीवन बीमाले आफूलगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानून् र यसलाई विकल्पभन्दा पनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो’, कार्यबाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, ‘स्थापनाकालदेखि आजका मितिसम्म आइपुग्दा तपाईंहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं। त्यसैले यसका लागि हामी हाम्रा समस्त आदरणीय ग्राहक महानुभाव, सेयरहोल्डर्स, कर्मचारी, अभिकर्तालगायत समग्र सरोकारवालाहरुप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं।’

कम्पनीको सफलताका बारेमा तथ्यपरक प्रमाणहरु प्रस्तुत गर्दै जनतामाझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुस ६ गतेदेखि सञ्चालनमा ल्याइएको ‘नेपालकै नं १’ अभियानमार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ।

साथै योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए


Author

थप समाचार
x