अर्थ / बाणिज्य

१६.६३ प्रतिशत लाभांश पारित गर्दै प्राइम बैंकको साधारण सभा सम्पन्न

इकागज |
पुस ७, २०७८ बुधबार १७:३० बजे

काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर तथा ०.६३१३ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) दिने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद -१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्टज्यू यस अघि पनि बैंकको सञ्चालक थिए । 


साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारण सभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


Author

थप समाचार
x