अर्थ / बाणिज्य

अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार

इकागज |
पुस १०, २०७८ शनिबार १७:१३ बजे

काठमाडौँ - आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।

योजना अनुसार सिस्टममा आधारित ‘ लक्की ड्र ’ मार्फत ४ देशहरुबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले  १० हजार उपहार स्वरूप प्राप्त गर्नेछन् । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले  ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।


कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी हुन पाउने छन् । उक्त योजना ८ पुष देखि २१ माघ २०७८ सम्म ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयकाे आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूका अतिरिक्त आम सञ्चार माध्यममार्फत सार्वजनिक गरिने छ ।


Author

थप समाचार
x