अर्थ / बाणिज्य

बीमा कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिदा ७१ अंकले बढ्यो बजार

इकागज |
पुस ११, २०७८ आइतवार १५:२९ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्से साताको प्रथम कारोबारको दिन आइतबार ७१ अंकले बढेको छ । केही महिनादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक गत साता बजारको तरलतालाई केही सम्बोधन गर्नका नेपाल राष्ट्र बैंकले स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्‍न पाउने व्यवस्थापछि भने उकालो लाग्न सुरु गरेको थियो ।

आइतबारको कारोबारमा सेयर बजार परिसूचक ७१ अंकले बढेको हो।  कारोबार बन्द हुँदा परिसूचक ७१.२० अंक अर्थात २.८२ प्रतिशतले बढेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २५९१.४२ बिन्दूमा उक्लिएको छ।


नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.३८ अंक अर्थात् १.११३ प्रतिशतले  बढेर ४८२.७४ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय ३१ कम्पनीका सेयर ६२ हजार २१ पटक कारोबार भएको छ ।

आज कारोबार रकम पनि केही बढेको छ । ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको कारोबार हँदा ८६ लाख १ हजार ९ सय ५६ कित्ता सेयर किनबेच भएको छ। आजको कारोबारमा १ सय ३२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ५२ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

आजकको कारोबारमा हाइड्रो पावर र फाइनान्सबाहेक अन्य कम्पनीको परिसूचक उकालो लागेको छ।

 बीमा कम्पनीको सेयरमा उछाल

आइतबारको कारोबारमा १५ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । आज विभिन्न १५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

आज अधिक लगानीकर्ता बीमा कम्पनीको सेयरमा झुम्मिएका छन्। पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएका छन् ।

आजको कारोबारमा आजबाट कारोबार सुरु गरेको मध्य भोटेकोशी,सानिमा लाइफ इन्सोरेन्स ,ज्योती लाइफ इन्सोरेन्स , प्रभु लाइफ इन्सोरेन्स, रिलायान्स लाइफ इन्सोरेन्स, गुराँस लाइफ इन्सोरेन्स, प्राइम लाइफ इन्सोरेन्स, एसियन लाइफ इन्सोरेन्स, लुम्बिनी जेनेरल, नेशनल लाइफ इन्सोरेन्स, युनाइटेड इन्सोरेन्स, एभरेष्ट इन्सोरेन्स, प्रिमियर इन्सोरेन्स, प्रभु लाइफ इन्सोरेन्सको सेयरमा सर्किट ब्रेकर लागेको हो ।


Author

थप समाचार
x