अर्थ / बाणिज्य

डेस्कटपबाट पनि टिकटकमा लाइभ गर्न मिल्ने

इकागज |
पुस ११, २०७८ आइतबार १८:१३ बजे

काठमाडौँ - टिकटकले प्रयोगकर्तालाई डेस्कटपबाट समेत लाइभ गर्न मिल्ने सुविधा प्रदान गर्ने भएको छ । यसअघि छोटो भिडियोको लागि लोकप्रिय प्लेटफर्म टिकटकमा मोबाइल एप मार्फत मात्रै लाइभ गर्न मिल्ने सुविधा रहेको थियो ।

टिकटकले कम्प्युटरबाट पनि लाइभ बस्न मिल्ने गरी नयाँ फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले विण्डोजमा सपोर्ट गर्ने एप ‘टिकटक लाइभ स्टुडियो’ को परीक्षण गरिरहेको जनाएको छ ।जसको सहायतामा प्रयोगकर्ताले कम्प्युटरबाटै टिकटक अकाउन्टमार्फत लाइभ बस्न सक्नेछन् । हाल यो सुविधा सीमित प्रयोगकर्तामाझ यो फिचर परीक्षण भइरहेको र चाँडै नै सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने टिकटकले जनाएको छ


मोबाइलमा जस्तै डेस्कटपबाट गरिने लाइभमा पनि प्रयोगकर्ताले गिफ्ट फिचर, कमेन्ट बक्स र कि–वर्ड फिल्टर आफ्नो इच्छाअनुसार अन वा अफ गर्न मिल्ने बताइएको छ ।

 


Author

थप समाचार
x