अर्थ / बाणिज्य

यी हुन् २०२१ का सबैभन्दा लोकप्रिय वेबसाइट

इकागज |
पुस १२, २०७८ सोमवार १२:१३ बजे

काठमाडौँ - २०२१ को अन्त्यतिर आइपुग्दा यस वर्ष हेरिएका १० प्रमुख वेबसाइटहरूमा टिकटक अगाडि आइपुगेको छ । चिनियाँ छोटो भिडियो वेबसाइट टिकटकले अन्य सबैलाई पछि पारेको छ। अमेरिकमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाएपछि केही सेलाएको टिकटक जो बाइडेनको आगमनसँगै फुकुवा भएको थियो । अमेरिकी प्रतिबन्धको फुकुवासँगै टिकटक सर्वाधिक हेरिने साइटमा अन्यलाई पछि पार्दै पहिलो स्थानमा आएको हो ।

टिकटक पहिलो स्थान ओगेटेसँगै गुगलले सर्वाधिक हेरिने साइट पहिलो स्थान गुमाएको हो । यहाँ सन् २०२१ मा सर्वाधिक चर्चित र लोकप्रिय १० साइटको बारेमा चर्चा गरिन्छ ।


यस्ता छन् सन् २०२१ मा सबैभन्दा धेरै हेरिएको १० वेबसाइटहरू

टिकटक

छोटो भिडियो प्लेटफर्म साइट टिकटकले सन् २०२१ मा सबैभन्दा धेरै हेरिने साइटको पहिलो स्थानमा आइपुगेको छ । गत वर्ष सातौं स्थानमा रहेको यस साइट सन् २०२१ मा आफूलाई थप परिमार्जन र परिष्कृत गर्दै पहिलो स्थानमा आइपुगेको हो । टिकटकले फेब्रुअरी २०२१ मा पहिलो स्थान लिएको थियो। यस पछि, यो वेबसाइट अगस्त २०२१ सम्म पहिलो स्थानमा रह्यो। तर, यसपछि गुगल डट कमले यसलाई उछिन्यो। रिपोर्टका अनुसार २०२१ मा अधिकांश समय टिकटक पहिलो स्थानमा रह्यो। गत वर्षको अन्त्यमा, टिकटक डटकम सातौं स्थानमा थियो।

गुगल

गुगल सन् २०२१ मा धेरै हेरिने साइटमा दोस्रो स्थानमा ओर्लएको छ । सर्च इन्जिन गुगल यस वर्ष भने टिकटकले उछिनेको हो । सर्च इन्जिनमा एकछत्र राज गरेको गुगललाई टिकटकले सन् २०२१ को अधिकांस समय उछिनेको देखिएको छ । गत वर्ष सातौं स्थानमा रहेको टिकटकले अन्यलाई पछि पार्दै पहिलो स्थानमा रहेको छ ।

फेसबुक

विश्वको सर्वाधिक लोकप्रिय साइट फेसबुक सन् २०२१ मा सर्वाधिक हेरिने वेबसाइटको तेस्रो स्थानमा रहेको छ । २०२० मा दोस्रो स्थानमा रहेको फेसबुक यस वर्ष भने एक स्थान तल झरेर तेस्रो स्थानमा पुगेको हो । सोसल मिडिया फेसबुकलाई टिकटक तथा गुगलले उछिनेका हुन् ।

माइक्रोसफ्ट

माइक्रोसफ्ट यस वर्ष सर्वाधिक हेरिने साइटको चौथो स्थानमा पुगेको छ । सन् २०२० मा तेस्रो स्थानमा रहेको माइक्रोसफ्ट यसवर्ष भने एक स्थान गुमाएर चौथो स्थानमा पुगेको हो ।  विन्डोज अपरेटिङ सिस्टम बिक्री गर्दै आएको माइक्रोसफ्ट याहु तथा आउटलुक लगायतका साइटहरूसमेत रहेका छन् ।

एप्पल

एप्पल डटकम यस वर्ष लोकप्रिय वेबसाइटको पाँचौ स्थानमा रहेको छ । आइफोन अन्य विभिन्न अन्य उत्पादन बेच्दै आएको छ । गतवर्ष चौथो स्थानमा रहेको एप्पलले पनि यस वर्ष भने पाँचौ स्थानमा पुगेको हो ।

अमेजन

सन् २०२१ को अन्त्यसम्म आइपुग्दा अमेजन सर्वाधिक हेरिने साइटको छैठौं स्थानमा पुगेको छ। चर्चित इकमर्स साइट गत वर्षपनि सोही स्थानमा रहेको थियो । अमेजन सन् २०२१ को अन्त्यमा आएर नेटफिलिक्सलाई उछिनेको थियो ।  

नेटफिलिक्स

भिडियो ओटिटी प्लेटफर्म नेटफिलिक्स यस वर्ष सर्वाधिक हेरिने साइटको सातौ स्थानमा पुगेको हो । विश्वमा कोभिडको प्रवेशसँगै लोकप्रिय हुँदै नेटफिलिक्स सन् २०२१ को अन्त्यमा आइपुग्दा गतवर्षभन्दा दुई स्थान तल झरेको हो ।

युट्युब

विश्वचर्चित भिडियो प्लेटफर्म युट्युब सन् २०२१ मा सर्वाधिक हेरिने वेबसाइटको आठौं स्थानमा पुगेको छ । युट्युब गत वर्ष पनि आठौं स्थानमा नै रहेको थियो । युट्युब गुगलको स्वामित्वमा रहेको भिडियो वेबसाइट हो जसले यसमा भिडियो राखेबापत क्रियटर्सलाई निश्चित शुल्क समेत दिने गरेको छ । नेपालमा युट्युबमार्फत पैसा आम्दानी गर्न समेत युट्बरहरू विभिन्न भाइरल समाचारहरू हाल्ने गरेका छन् ।

ट्वीटर

माइक्रो ब्लगिङ साइट ट्वीटर सन् २०२१ को अन्त्यसम्म आइपुग्दा सर्वाधिक लोकप्रिय साइटको नवौं स्थानमा रहेको छ । गतवर्ष १० औं स्थानमा रहेको ट्वीटर यसवर्ष भने आफूलाई एक स्थान सुधार गर्दै नवौं स्थान रहन सफल भएको हो ।

ह्वाट्सएप

ह्वाट्सएप डटकम सन् २०२१ मा सर्वाधिक लोकप्रिय साइटको १० औं स्थानमा पर्न सफल भएको छ । सन् २०२० मा सर्वाधिक हेरिने साइटको लिस्टमा नपरेको यस साइट यस वर्ष आफूलाई थप समृद्ध पार्दै लिस्टमा पर्न सफल भएको हो । ह्वाट्सएपले आफ्नै मातृ कम्पनी मेटाको अर्को साइट इन्स्टाग्रामलाई पछाडि पारेको हो ।  


Author

थप समाचार
x