अर्थ / बाणिज्य

सेयर बजार पुन: ओरालोतर्फ, ६९ अंकको गिरावट

इकागज |
पुस १२, २०७८ सोमबार १५:१९ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्से पुन: ओरालोतर्फ लागेको छ । गत साताको मंगलबारबाट केही उकालो लागेको बजार साताको पहिलो कारोबारको दिन आइतबार ७१ अंकले बढेको थियो । आइतबारको कारोबारपछि झन्डै २६०० अंक नजिक पुगेको बजारमा आज उल्लेख्य गिरावट आएको हो ।

गत साता नेपाल राष्ट्र बैंकले स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्‍न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित हुँदा बजार उकालो लाग्न सुरु गरेको थियो । तर, राष्ट्र बैंकको यो कदमपछि एक हप्तामै बजार ओरालो लागेको हो ।


सोमबारको कारोबारमा पनि नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ ।

त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ अंकमा झरेको छ । सोमबार कारोबारमा आएका २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज पनि कारोबार रकममा खासै सुधार भएन ।

सोमबारको कारोबारमा ८ कम्पनीको सेयर मूल्य बढ्दा १८२ मूल्य ओरालो लागेको थियो । आज कारोबारमा गुर्खाज फाइनान्स, मध्य भोटेकोशी जलविद्युतको सेयरमा सर्किट ब्रेकर लागेको छ ।

नेप्से कारोबारमा आएका १३ उपसमूहको सूचक नकारात्मक देखिएको छ । आज सर्वाधिक कारोबार भएका ५ कम्पनीमा गुर्खाज फाइनान्स , मध्य भोटेकोशी जलविद्युत, सामलिङ पावर कम्पनी, सानिमा लार्ज क्याप फन्ट, मेगा बैंक रहेका छन् ।

त्यस्तै सर्वाधिक गुमाउने पाँच कम्पनीमा जोशी हाइड्रो पावर, घेल्मदी हाइड्रो , सानिमा जेनरल इन्सोरेन्स,  जानकी फाइनान्स र गुणविल फाइनान्स रहेका छन् ।


Author

थप समाचार
x