अर्थ / बाणिज्य

सेयर बजारमा २ अंकको गिरावट

इकागज |
पुस १३, २०७८ मगलवार १५:१७ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आजपनि घटेको छ । गत साताको मंगलबारबाट केही उकालो लागेको बजार साताको पहिलो कारोबारको दिन आइतबार ७१ अंकले बढेको थियो । आइतबारको कारोबारपछि झन्डै २६०० अंक नजिक पुगेको बजार सोमबार ६९ अंकको गिरावट आएको थियो । त्यस्तै साताको तेस्रो कारोबारको दिन मंगलबार पनि परिसूचक २ अंकले घटेको छ

साताको तेस्रो कारोबारको दिन मंगलबार परिसूचक २.६६ अंकले घटरे २५१८.९९ विन्दुमा आइपुगेको छ । त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४७०.९८ अंकमा झरेको छ । मंगलबार कारोबारमा आएका २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।


आजको कारोबारमा ८८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ मूल्य ओरालो लागेको थियो । आज मध्य भोटेकोशी जलविद्युतको सेयरमा सर्किट ब्रेकर लागेको छ ।

नेप्से कारोबारमा आएका १३ उपसमूहको मध्ये व्यापार, विकास बैंक, हाइड्रो पावर, फाइनान्स लगायतका ६ समूह हरियो देखिएका छन्। आज सर्वाधिक कारोबार भएका ५ कम्पनीमा जानकी फाइनान्स, मध्य भोटेकोशी जलविद्युत, नेपाल हाइड्रो, गुणविल फाइनान्स, घेलम्दी हाइड्रो रहेका छन् ।

त्यस्तै सर्वाधिक गुमाउने पाँच कम्पनीमा गुर्खाज फाइनान्स, सामलिङ पावर , मैलुङ खोला जलविद्युत,  युनाइटेट आइडीआई मार्दी हाइड्रो र प्रभु सेलेक्ट फन्ड रहेका छन् ।


Author

थप समाचार
x