नबिल बैंकबाट खल्तीमा पैसा लोड गर्न सकिने
काठमाडौँ - अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ का प्रयोगकर्ताले अब नबिल बैंकको मोबाइल बैंकिङ एपबाट वालेटमा रकम राख्न (लोड) सक्ने भएका छन् ।
हालै यी दुई संस्थाबीच भएको सम्झौताअनुसार नबिल स्मार्टबैंक, मोबाइल बैंकिङ एप मार्फत् खल्ती वालेटमा पैसा लोड गर्न सकिने भएको हो ।‘यो साझेदारीले बैंक तथा वालेटका ग्राहकलाई सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुने विश्वास लिएका छौं,’ खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ।
त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।
२० लाखभन्दा बढी प्रत्यक्ष प्रयोगकर्ता रहेको खल्तीबाट मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदान गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया