अर्थ / बाणिज्य

टेलिकमले एक महिनामै बढायो ८ लाख फोरजी प्रयोगकर्ता

इकागज |
पुस १५, २०७८ बिहीबार १४:१९ बजे

काठमाडौँ - नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाउन सफल भएको छ । नेपाल दुरसञ्‍चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४ सय ३० पुगेका छन्। 

 गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३ सय ६५ फोरजी ग्राहक बढाउन सफल भएको हो ।  असोजको तुलनामा कात्तिकमा एनसेलका ग्राहक भने सामान्य बढेका छन् । यो एक महिनाको अवधिमा एनसेलले ८८ हजार ७ सय ६४ ग्राहक बढाएको छ । 


उता स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेका छन् । असोजमा १ लाख ६७ हजार ९६ फोरजी ग्राहक रहेका कम्पनीका कात्तिकसम्म आईपुग्दा घटेर १ लाख ५३ हजार ७ सय ४५ भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा १ करोड ३७ लाख ८७ हजार ४१९ फोरजी प्रयोगकर्ता रहेका छन् । 


Author

थप समाचार
x