अर्थ / बाणिज्य

ह्याक भएका २२ करोड पासवर्ड रिकभर, तपाईकाे पनि पर्‍याे कि ?

इकागज |
पुस १५, २०७८ बिहिवार १५:५२ बजे

काठमाडौँ - बेलायतको केही इस्टिच्युटहरूले विश्वभर ह्याक भएका पासर्वडहरू रिकभर गरेर आफ्नो डाटावेसमा राखेको छ । बेलायतको नेशनल इन्फोर्समेन्ट एजेन्सी, नेशनल क्राइम एजेन्सी र नेशनल साइबर क्राइम युनिटले रिकभर गरेर राखेको हो। रिपोर्टका अनुसार यी संस्थाहरू मिलेर करोडौं चोरी भएका पासवर्ड र इमेल आइडी रिकभर गरेका छन् ।

रिपोर्टका अनुसार यी ह्याक गरिएका पासवर्डहरू ह्याक गरिएको क्लाउड स्टोरेज सुविधाबाट बरामद गरिएको हो। एनसीएले करिब २२ करोड ५० लाख पासवर्ड रिकभर गरी 'ह्याभ आई बिन पावन्ड' डाटाबेसमा जानकारी दिने प्रक्रिया सुरु गरेको जनाएको छ।


'ह्याभ आई बिन पावन्ड' एक नि:शुल्क अनलाइन सेवा हो। तपाईंको पासवर्ड वा इमेल आईडी कहिल्यै ह्याक भएको छ वा छैन भनेर यहाँ तपाईं बिना कुनै शुल्क जाँच गर्न सक्नुहुन्छ । ह्याभ आई बिन पावन्डसँग करिब ८३ करोड चोरी भएको पासवर्डको डाटा छ।

यसरी हेर्नुहोस् तपाईंको पासवर्ड परेको छ कि छैन्

यदि तपाईं पनि तपाईंको पासवर्ड कहिले ह्याक भएको छ कि छैन भनेर जान्न चाहानुहुन्छ भने, तपाईंले यसको लागि यी चरणहरू पालना गर्नुपर्छ ।

सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस्। यहाँ आफ्नो इमेल आईडी हाल्नुहोस र त्यसपछि पाइन्ड बटनमा क्लिक गर्नुहोस्। तपाईंको कतैको पासवर्ड ह्यााक भएको भए त्यहाँ चेतावनीयुक्त म्यासेज आउनेछ । 

इमेल आइडी बाहेक, तपाईले फोन नम्बरबाट पनि तपाईको पासवर्ड ह्याक भएको छ वा छैन थाहा पाउन सक्नुहुन्छ। यदि पासवर्ड ह्याक भएको म्यासेज देखिएमा तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोस् ।


Author

थप समाचार
x