अर्थ / बाणिज्य

सानिमा बैंकको नयाँ वर्ष धमाका योजना

इकागज |
पुस १५, २०७८ बिहीबार १८:१८ बजे

काठमाडौँ - नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि 'सानिमा सजिलो इ-बैकिङ्ग नयाँ वर्ष धमाका योजना' सार्वजनिक गरेको छ । 
यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ-बैकिङ्ग मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् ।

मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली-इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्नछन् ।


त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन १०० रूपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नुहुनेछ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो इ-बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुनेछ । सानिमा बैंककोे मोबाइल बैकिङ्ग एप्  प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ । सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् । 
 


Author

थप समाचार
x