गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र सञ्चालनमा आउने
निर्माण कार्य ९८ प्रतिशत सम्पन्न
काठमाडौँ - भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९८ दशमलव ७६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विमानस्थलको भौतिक संरचना निर्माण तीव्र गति अघि बढिरहेको छ ।
रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, संचार-उड्डयन सहायक उपकरणहरू, ब्यागेज ह्यायाण्डिलङ्ग सिस्टम, एक्सरे जस्ता उपकरणहरू जडान भइसकेको छ । विमानस्थलमा अतिआवश्यक सवारीसाधन आधुनिक दमकल तथा एम्बुलेन्स ल्याइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
शुक्रबार त्रिभुवन आर्मी अफिसरको कल्बमा नागरिक उडड्यन प्राधिकरणको २३ औं वार्षिकोत्सबको अवसरमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले भैरहवाको विमानस्थलबाट परीक्षण उडानको तयारी भइरहेको उनले बताए ।
उनका अनुसार तीन महिना भित्रमा विमानस्थलबाट क्यालीब्रेसन उडान भइसक्ने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८९ प्रतिशत सम्पन्न भइसकेको छ । विमान सञ्चालनमा ल्याउन आवश्यक कार्यदल गठन भई सो कार्यदलले काम गरिरहेको छ ।
निजगढ विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत सम्पन्न भइसकेको छ । विमानस्थल क्षेत्रमा रहेका रुखहरूको गणना प्रदेश वन डिभिजन कार्यालयले गरिरहको छ ।
कोभिड-१९ को महामारीमा विश्वभरको उडान ठप्प रहँदा पनि नेपालले धिमा गतिमा उडान भरिरहेको थियो । सन् २०२० को तुलनामा २०२१ को नोभेम्बरसम्ममा त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले यात्रुको संख्या वृद्धि भएको छ ।
सोही वर्षमा आन्तरिक उडानतर्फ उडान भर्ने यात्रुको संख्यामा ११३ प्रतिशतले वृद्धि भएको छ । कोभिड महामारीमा पनि हवाई क्षेत्रले विस्तारै सुधार हुने क्रममा रहेको क्षेत्रीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया