अर्थ / बाणिज्य

साताको सेयर बजार

साताभर ४ अंकले बढ्यो बजार

इकागज |
पुस १७, २०७८ शनिवार १६:११ बजे

काठमाडौँ - यस साता सेयर बजारमा चार दिन कारोबार भई बन्द भयो । गत सातासमेत ४ दिन कारोबार भएको बजार यस साताको अन्तिम कारोबारको दिन बिहीबार सरकारले ल्होसारको बिदा दिँदा बजार बन्द रह्‍यो । २५२० बाट सुरु भएको सेयर बजारको कारोबार साताको अन्तिम दिन आइपुग्दा २५२४ अंकमा पुगेर बजार बन्द भयो अर्थात यस साता सेयर बजार ४ अंकले बढेको छ।

यस साता पनि सेयर बजारमा तीव्र उतारचढाव देखियो । साताको पहिलो दिन बीमा समूहमा लगानीकर्ता झुम्मिदा बजार ७१ अंकले बजार बढेको थियो । बीमा कम्पनीले लाभांश वितरणको अन्तिम समयमा यसको सेयर उठाएर लाभ लिने लगानीकर्ता उलेख्य देखिएका थिए। त्यस्तै साताको अन्तिम कारोबारको दिन बुधबार भने ५ अंकले बढेर बजार बन्द भएको थियो । गत साता सरकाले गरेको आयात कडाइ तथा  स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै सेयर बजार उकालो लागेको थियो । साताको अन्तिम दिनको कारोबारमा बजार ५ अंकले बढेर बन्द हुन पुगेकाे थियो ।


साताको पहिलो कारोबारको दिन आइतबार

आइतबारको कारोबारमा सेयर बजार परिसूचक ७१ अंकले बढेको थियो।  कारोबार बन्द हुँदा परिसूचक ७१.२० अंक अर्थात २.८२ प्रतिशतले बढेको थियो । आइतबारको कारोबारपछि नेप्से परिसूचक २५९१.४२ बिन्दूमा उक्लिएको थियो । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.३८ अंक अर्थात् १.११ प्रतिशतले  बढेर ४८२.७४ अंकमा उक्लिएको थियो । आइतबार ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार

आइतबार बढेको सेयर बजार सोमबारको कारोबारमा भने परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको थियो ।

त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ अंकमा झरेको थियो। सोमबारको कारोबारमा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको भएको थियो ।

मंगलबार

साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयरबजारमा गिरावट नै देखियो । मंगलबार परिसूचक २.६६ अंकले घटरे २५१८.९९ विन्दुमा पुगेको थियो । त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स सामान्य अंकले घटेको थियो। मंगलबार ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार

बिहिबार ल्होसारको बिदा हुँदा बुधबार नै साताको अन्तिम कारोबारको दिन हुन पुग्यो । साताको अन्तिम कारोबारको दिन बुधबारको कारोबारमा ५ अंकले बढेर बजार बन्द भएको थियो। बुधबारको कारोबारपछि नेप्से परिसूचक २५२४.५० बिन्दूमा उक्लिएको थियो। बुधबार ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको थियो ।

१८.५ अर्बको कारोबार

यस साता ४ दिनको कारोबारमा झन्डै साढे १८ अर्बको कारोबार भएको थियो । साताभर कारोबार हुँदा परिसूचक ४.२८ अंकले बढ्यो । पहिलो कारोबार र अन्तिम कारोबारको दिन बढेको सेयर बजार दई दिन बढ्दा दुई दिन घटेको थियो । आइतबार ७१.२० र बुधबार ५.५१ अंकले बढेको थियो भने सोमबार र मंगलबार क्रमश ६९.७७ र २.६६ अंकले घटेको थियो ।

३ करोड कित्ता सेयर किनबेच

चार दिनको कारोबारमा कारोबारमा ३ करोड कित्ता सेयर किनबेच भएको छ । चार दिनको कारोबारमा बजारमा ३ करोड ३६ लाख १ हजार २ सय ४४ कित्ता सेयर किनबेच भएको छ ।

यस्तो छ साताभरको सेयर बजारको अवस्था

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

पुष ११ आइतबार

२५९१.४२

+७१.२०

 ५ अर्ब १७ करोड रुपैयाँ

पुष १२ सोमबार

२५२१.६५

-६९.७७

 ५ अर्ब ६० करोड रुपैयाँ

पुष १३ मंगलबार

२५१८.९९

-२.६६

 ३ अर्ब १२ करोड रुपैयाँ

पुष १४ बुधबार

२५२४.५०

+५.५१

 ३ अर्ब ६२ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x