अर्थ / बाणिज्य

यस्तो थियो विश्वको पहिलो मोबाइल फोन

इकागज |
पुस १८, २०७८ आइतबार १२:४७ बजे

काठमाडौँ - मोबाइल फोन आज सबैको हात हातमा देखिन्छन्। मोबाइलको माध्यमबाट संसारको जुनसुकै कुनामा रहेका आफ्ना मानिसहरूसँग सजिलै जोडिन सक्छौं । यसले मानिसको जीवनयापनमा निकै सहज बनाएको छ । मोबाइलको आविस्कारसँगै विभिन्न कम्पनीले मोबाइल निर्माण गर्दे बिक्री वितरण गर्दै आइरहेका छन् ।

संसारमा मोबाइल फोन पहिलो पटक करिब ४9 वर्ष पहिला १९७३ मा प्रयोगमा आएको थियो । यसको पहिलो प्रयोग मोटोरोलाको पूर्व उपाध्यक्ष र डिभिजन म्यानेजर मार्टिन कूपरले गरेका थिए । त्यस समय कूपरले न्यूयोर्कको हिल्टन होटलमा संसारको पहिलो मोबाइल फोनबाट कल गरेर विश्वको पहिलो फोनको आविष्कार गरेका थिए । उनले प्रयोग गरेको फोनको नाम मोटोरोला डायना टिएसी थियो । कूपरले डायना टिएसीको प्रयोग गर्दै बेल ल्याब्सको हेड अफ रिसर्चलाई कल गरेका थिए र त्यही बेलादेखि कम्युनिकेशन क्रान्ति शुरूवात भएको मानिन्छ ।


मोटोरोला डायना टिएसीको लम्बाई १० इन्च र तौल एक किलो थियो। फोनको ब्याट्री २० मिनेटसम्म चलेको थियो । पूर्व नौसैनिक र इन्जीनियर कूपरले १९५२ मा मोटोरोला कम्पनीमा आबद्ध भएका थिए । अहिले मोबाइल प्रविधिले धेरै फड्को मारेको छ, मोबाइल फोन मिनी कम्प्यूटरको रुपमा प्रयोग हुन थालेको छ ।


Author

थप समाचार
x