अर्थ / बाणिज्य

नबिल बैंकको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इकागज |
पुस २१, २०७८ बुधबार १६:१७ बजे

काठमाडौँ - नबिल बैंकले सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । जस अन्तर्गत बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकमा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।


नबिल बैंकले बित्थडचिर र आलिताल गाउँपालिका सँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्तरक्रियाको दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

 


Author

थप समाचार
x