अर्थ / बाणिज्य

सेयर बजार पुन: ओरालोतर्फ, ३० अंकको गिरावट

इकागज |
पुस २१, २०७८ बुधबार १५:१७ बजे

काठमाडौँ - साताको तीन दिन बढेको सेयर बजार पुन: ओरालो तर्फ लागेको छ । आइतबार देखि मंगलबारसम्म १५५ अंकले बढेको बजार बुधबार भने घटेको हो । आज पनि नेप्से परिसूचक ३०.७५ अंकले घटेर परिसूचक २६४९.२० विन्दुमा झरेको छ ।

त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अंकले घटेर ४९७.०४ अंकमा झरेको छ । बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८  हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।


नेप्से कारोबारमा आएका १३ उपसमूहको हाइड्रो पावर तथा फाइनान्स बाहे अन्य समूह घटेका छन् । आजको कारोबारमा ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्य घटेको छ ।

घटेको बजारमा पनि आज मध्य भोटेकोशी, च्याङ्दी हाइड्रो पावर, तेह्रथुम पावर लगायतका कप्पनीको सेयर सर्वाधिक कमाउने कम्पनीमा परेका छन् । त्यस्तै विजया लघुवित्त , फस्ट माइक्रो फाइनान्स, किसान लघुवित्त लगायतको सेयर गुमाउनेमा परेका छन् ।

 


Author

थप समाचार
x