सीजीको नयाँ ‘सीजी मेरिडिया’ प्रिमियम टीभी नेपालमा
काठमाडौँ - सीजी ब्राण्डले नयाँ ‘सीजी मेरिडिया’ प्रिमियम टीभी बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो टीभी रोमान्टिक आइफिल टावरको स्ट्यान्डबाट प्रेरित सीजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो।
प्रविधिको उत्कृष्ट मिलन मान सकिन्ने सीजी मेरिडियाको टीभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको कम्पनीको दाबी छ। यस्तै, आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको छ। प्रविधि र नवीनतम बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बजारमा आएको यस ‘सिजि मेरिडिया’ अल मेटल फ्रेम टिभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टीभी हो। यस टीभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टिग्रेटेड अडियो जस्ता बिशेषताहरू प्रदान गर्दछ। मेरिडिया टीभीको हो अर्को आकर्षक बिशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ। उक्त टीभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउँनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउन्लोड गर्न सक्नेछन्।
प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चुअलबाट घेर्ने, प्रष्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ। फ्रेमका लागि अल मेटल अवधारणाले यस टीभीलाई झनै आकर्षक र स्निग्ध बनाएको छ।
त्यसैगरी, मेरिडिया टीभी, अन्य बिशेषताहरू जस्तै कर्भ स्ट्यान्ड, पातलो बनावटले, यस टिभीलाई ‘वाल-माउण्ट’ का लागि अत्यन्तै सही, सुरक्षित, र व्यवहारिक टिभी रहेको कम्पनीले बताएको छ। सीजी ब्राण्डले आउने दिनहरूमा ‘सिजि मेरिडिया प्रिमियम सेगमेण्ट’ अन्तर्गत अरू पनि थुप्रै प्रिमीयम उत्पादनहरू बजारमा ल्याउने कम्पनीले जनाएको छ
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया