साताको अन्तिम कारोबारमा ४३ अंकले बढ्यो सेयर बजार
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको अन्तिम कारोबारको दिन केहि उकालो लागेको छ । साताको पहिलो कारोबारको दिन आइतबार देखि उकालो लागेको बजार बुधबार भने ३० अंकले घटेको थियो ।
बिहिबार ४३ अंकले बढेर साताको बजार बन्द भएको छ । आज सेयर बजार परिसूचक ४३.२९ अंक अर्थात १.६३ प्रतिशतले बढेको छ । ४३.२९ अंकले बजार बढ्दा समग्र नेप्से परिसूचक २६९२.४७ बिन्दूमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ९.१६ अंक अर्थात् १.८४ प्रतिशतले बढेर ५०६.१६ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय ३८ कम्पनीका सेयर ४८ हजार १ सय ६१ पटक कारोबार भएको छ ।
सेयर बजारमा आज कारोबार रकम भने घटेको छ । बजारमा आज ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रूपैयाँ बराबरको कारोबार हँदा ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर किनबेच भएको छ। आजको कारोबारमा १ सय ६४ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने २३ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
आजको कारोबारमा मेनिफ्याकचरिङ एण्ड प्रडक्सन बाहेक अन्य समूह परिसूचक हरियो देखिएका छन् । आजको कारोबारमा नेपाल फाइनान्स र तेह्रथुम पावर कम्पनीको सेयरमा सर्किट ब्रेकर लागको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया