अर्थ / बाणिज्य

घरमा पाइपिङ भनेको शरीरमा नसा जस्तै हो, गुणस्तरमा सम्झौता गर्नुहुँदैन

कमल धिताल |
पुस २२, २०७८ बिहीबार १५:४६ बजे

मंगलम ग्रुपले विगत १२ वर्षदेखि प्लम्बिङका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू नेपाली बजारमा उत्पादन तथा वितरण गराउँदै आइरहेको छ । सन् २००९ देखि पाइप्स तथा फिटिङ्स उत्पादन गर्दै आइरहेको यस कम्पनीले नेपालमै पहिलो पटक सिपीभिसी पाइप उत्पादन एवम् वितरण गरेको थियो, जुन निकै लोकप्रिय छ । कम्पनीको अवस्था, भावी योजना लगायतका विविध विषयमा इकागजका कमल धितालले मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरीवालसँग गरेको कुराकानी :

पाइपिङ उद्योगको एक दशकको अवधिलाई समीक्षा गर्दा शुरुवात र विद्यमान अवस्थामा कत्तिको भिन्नता पाउनुभएको छ ? 


पाइपिङ उद्योग धेरै नै विकास भएको छ । पहिले–पहिले पाइपिङमा जी.आई. पाइप अत्यन्तै लोकप्रिय रहेको थियो । आजभन्दा १० वर्ष अघिसम्म जी.आई. पाइपले बजार आगेगटीरहेको अवस्था थियो । यो भनेको पुरानो प्रविधिमा आधारित पाइपिङ हो ।  सन् २००८ यता करिब तीन वर्ष त यो पाइपिङले समग्र बजार हिस्सा ओगटेको छ । हाल जी.आई. पाइपिङको माग करिब पाँच प्रतिशतमा झरेको छ । नयाँ–नयाँ प्रविधि तथा क्षेत्र विस्तारले पाइपिङको बजार विकास भएको छ । हामीले मंगलम् उद्योग स्थापना गर्दा यसको बजार झन्डै १ अर्ब ५० करोड रुपैयाँको थियो भने हाल ९ अर्ब रुपैयाँको बजार रहेको छ । हाल गाउँघरसम्म पनि बाथरुम बन्न थालेको छ, यो भनेको त यसको बजार बढ्नु नै हो । यद्यपि जति बजार विस्तार हुनुपर्ने हो त्यो भने अझै भएको छैन ।

मंगलम पाइप अन्य भन्दा कसरी भिन्न छ  ?

नेपाली बजारमा हामी सकेसम्म केहि नयाँ ल्याउँ भन्नेमा रहन्छौँ । हामीले सन् २०११ मा सीपीभिसी पाइपिङ शुरुवात गर्‍यौं । त्यसपछि सन् २०१४ मा हामीले पिभिसी पाइप ल्यायौं, त्यसमा हामीले एडभान्स रबरिङको सुपर शिल्डको प्रयोग गर्‍यौं । आजभोलि उपभोक्ताले एडभान्स रबरिङको प्रयोग भएको पिभिसि पाइप प्रयोग गर्न रुचाउँछन्, जुन अरुभन्दा तीन गुणा महंगो पर्छ । फिटिङ्सको हिसाबले यो उच्च गुणस्तरीय रहेको छ । यो एड्भान्स रबरिङ्गको प्रविधि पनि हामीले नै पहिलोपल्ट प्रयोग गर्न थालेका हौँ । त्यस्तै ट्याङकीको कुरा गर्दा हामीले ब्लो मोल्डेड ट्याङ्क नेपालमै पहिलो पटक सार्वजनिक गर्‍यौँ । नयाँ उत्पादनको रूपमा हामीले उच्च गुणस्तरीय ट्याङ्कहरू उत्पादन गर्दै आएका छौं । मंगलम्ले हाल वायर सेफ ब्रान्डको मातहतमा फायर रिटार्डेन्ट लो स्मोकयुक्त उत्पादनहरु ल्याएको छ । मंगलम्ले सीपीभिसी, युपीभिसी लगायतका सम्पूर्ण प्लम्बिङको उत्पादन एकै छानामुनि रहेर उत्पादन गरेको छ । 

मंगलम पाइपको मुख्य उत्पादन चाँही के–के हुन ?

मंगलम्को उत्पादनमा हाल सिपीभिसी मुख्य रूपमा रहेको छ । सिपीभिसीलाई हामीले नेपालमा पहिलोपटक सार्वजनिक गरेका थियौँ । हाल मंगलम्लाई बजारमा मुख्य गरी चिनाउने भनेको सिपीभिसी हो । मानिसहरूले घर बनाउँदा पछि चुहावट नहोस् भनेर पहिला नै सचेत हुन थालेका छन् । यसमा मंगलम्ले नेपालमा पहिलोपटक सार्वजनिक गरेको सिपीभिसी निकै राम्रो विकल्प हुन गएको छ । मंगलम्को सिपिभिसीले ६ वर्ष अगाडि नै भारतीय गुणस्तर चिन्ह आइएसआई पाएको थियो जुन बेला नेपालमा सिपिभिसिको गुणस्तर जाँच गर्ने प्रावधान थिएन । अहिले यो प्रावधान आएसँगै हामी नेपाल गुणस्तर चिन्ह पनि चाँडै प्राप्त गर्नेछौँ । त्यस्तै मंगलमले पाइप फिटीङको लागि चाहिने ९० प्रतिशत सामान पनि आफैँ उत्पादन गर्छ,  यो हुँदा चुहावटको समस्या धेरै हदसम्म कम भएको छ । 

कतिपयलाई आफ्नो घर निर्माणका बेला कस्तो पाइप र फिटिङ प्रयोग गर्ने भन्ने दोधार हुन्छ उनीहरूलाई कसरी मंगलमसँग आश्वस्त हुनसक्छन् ? 

उपभोक्तालाई हामीले यो लगाउनुस् र यो नलगाउनुस् भन्न मिल्दैन् तर आफूले जीवनमा एकपल्ट बनाउने घरमा गुणस्तरीय तथा आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो हुन्छ । हाल उन्नत विकल्पमा रहेको सिपीभिसी को प्रयोग गर्नु राम्रो हुन्छ । मूल्यमा मात्र केन्द्रीत भएर पनि हुँदैन, गुणस्तरीय वस्तु प्रयोग गर्दा मूल्यमा केही तल–माथि हुनु सामान्य हो । कुनै पनि घर निर्माण गर्दा घरको सम्पूर्ण बजेटको केही प्रतिशतमात्रै प्लम्बिङमा खर्च हुन्छ । जुन ब्रान्डले उपभोक्तालाई सन्तुष्टि दिन्छ, त्यही प्रयोग गर्ने हो । 

मंगलमले उत्पादन गर्ने सामानको गुणस्तरको विषयमा आश्वस्त हुने आधार के हो ?

गुणस्तर हाम्रो संस्कार हो । अन्तिम उत्पादनको गुणस्तर कायम राख्न हामीले शुरुवातदेखि नै हरेक साना–साना कुराहरूमा ध्यान दिन्छौँ । हाम्रो प्रयोगशालाको क्षेत्रफल , उपकरण र जनशक्तीको प्रयोग हेर्ने हो भने हामीले आफ्ना उत्पादनको गुणस्तर कायम गर्न कुनै कसर बाँकी राखेका छैनौं भन्ने प्रष्ट हुन्छ । हामीले आफ्ना हरेक उत्पादनलाई प्रयोगशालमा परीक्षण गरेरमात्र बजारमा ल्याउने गरेका छौँ यसले गर्दा मंगलम्को उत्पादनमा गुणस्तरीयता कायम हुन्छ र उपभोक्ताको विश्वास रहिरहन्छ  । हाल मंगलम्को उत्पादनको २० प्रतिशत भारत लगायतका देशमा निर्यात हुँदै आएको छ । हाम्रा उत्पादनमा गुणस्तरीयता नभए निर्यात गर्न सक्ने स्थिति रहँदैन । 

बजार विस्तार गर्न अब अगाडिको योजना के छ ?

माग बढेसँगै हामीले हाम्रो उत्पादन क्षमता बढाएका छौँ । पहिला ५ हजार टन उत्पादन क्षमता भएको फ्याक्ट्रीलाई हाल १२ हजार टनमा पुर्‍याएका छौँ । पहिला त हामी उत्पादन क्षमता नै पूर्ण रुप मा उपयोग गर्छौँ, जसबाट नेपालमा सबैभन्दा ठूलो उत्पादक बन्नेछौँ । त्यस्तै हालसम्म नेपालमा नभएका २/३ वटा पाइपिङ सिस्टमको उत्पादनमा लागेका छौँ । सन् २०२२ मा नेपालकै लागि नयाँ केहि उत्पादन ल्याउने तयारीमा लागेका छौँ ।

हालै सिद्धार्थनगरमा पनि नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको कारखाना निर्माण सम्पन्न गरेको छ । यसबाट पनि उत्पादन शुरु भैसकेको हो कि बाँकी छ ? 

यसमा हामीले सन् २०१८ देखि काम शुरु गरेको थियौं । पहिलो चरणको काम सकिएर उत्पादन शुरु गरेर दोश्रो चरणको तयारीमा लाग्दै गर्दा बीचमा कोभिड–१९ को कारणले काम रोकिन पुग्यो । लकडाउन पश्चात क्षमता विस्तार भएको फ्याक्ट्री पूर्ण सञ्चालन हुन सकेन । त्यहाँ दोश्रो चरणको काम भर्खरै मात्र सकिएको छ । सबै काम नयाँ फ्याक्ट्रीबाट हुन थालेको छ, अब भने त्यसमा पूर्ण क्षमतामा काम हुन्छ । 

नयाँ उद्योगमा के विशेषता छन् ?

कुनै पनि कारखाना निर्माण गर्दा त्यसमा उत्पादन हुने सामाग्रीहरूको गुणस्तर कायम गर्नको लागि आवश्यक पर्ने सामाग्रीहरूमा विशेष ध्यान दिनु जरूरी छ । मंगलम्ले पहिला बनाएको २२ कट्ठा जग्गा फ्याक्ट्रीलाई अपुग भएको थियो । त्यसको लागि हालै नयाँ ठाँउमा फ्याक्ट्री स्थापनासँगै काम गर्ने वातावरणदेखि लिएर त्यहाँ काम गर्ने कामदारहरूको स्वास्थ्य लगायतको समेत हेरचाह गर्ने हिसाबले फ्याक्ट्री स्थापना गरेको हो । काम गर्ने ठाँउको वातावरण राम्रो हुँदा त्यसले उत्पादनमा समेत फरक पार्छ । हाम्रो नयाँँ कारखानामा काम गर्नको लागि मात्र हैन विश्राम गर्न र टहलिनको लागि पनि पर्याप्त खाली ठाउँ (ओपन स्पेस) छ । जब काम गर्ने वातावरण राम्रो हुन्छ, कर्मचारीहरूलाई समेत गुणस्तरीयतामा ध्यान दिन उर्जा मिल्छ । हामीले यस्तै साना–साना कुराहरुलाई ध्यान दिएका छौँ ।

समग्रमा हेर्दा नेपाली बजारमा आवश्यक पर्ने सबै खालका उत्पादन मंगलमले गरिरहेको छ । प्रविधिको हिसाबले अब नेपाली पाइपिङ क्षेत्रमा के नयाँ भित्र्याउने सोचमा हुनुहुन्छ ?

अहिले हाम्रो मटेरियल ह्यान्ड्लिङमा अलिक बढी खर्च भइरहेको छ । त्यस्तै गुणस्तरीयता कायम गर्नको लागि हामीले निकै सानो–सानो कुरामा ध्यान दिएका छौँ । मेसिनमा हाल्ने उपरकणको लागि चाहिने सामानमा बढि खर्च देखिएको छ । अब भने विश्वमा केही नयाँ पाइपिङ प्रविधिको विकास भएको छ, जुन त्यति लोकप्रिय भएको छैन । त्यस्तो नयाँ प्रविधिलाई पनि भित्र्याउने योजना मंगलमको छ । जस्तो हालै विकसित भएको फ्लेक्स पाइप, कम्पोजिट पाइप आदि रहेको छ, यसलाई विस्तारै नेपाली बजारमा भित्र्याउने योजनामा हामी रहेका छौँ । 

निकट भविष्यमा नेपाली बजारमा पाइपिङको माग कस्तो रहला ?

नेपाल विकासशील राष्ट्र हो । यहाँ संरचनाहरू निरन्तर बनिरहेका छन् । संरचनाहरू बन्दै गर्दा हाम्रो बजार पनि बढ्दै जाने हो । अबको बजार भनेको निरन्तर बढ्दै जाने हो । हाल करिब ९ अर्ब रुपैयाँको बजार रहेकोमा अबको ८–१० वर्षमा प्रत्येक वर्ष करिब १५ प्रतिशतले वृद्धि हुँदै २० अर्ब रुपैयाँभन्दा माथि जाने देखिन्छ । संरचनाहरूको निर्माण कार्य बढ्दै गर्दा जाँदा यसमा प्रयोग हुने प्लम्बिङको कार्य पनि बढ्दै जाने देखिन्छ । 

मंगलम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा समेत निकै सक्रिय रहेको देखिन्छ । निकट भविष्यमा सामाजिक उत्तरदायित्वमा केहि त्यस्तो गर्ने सोच गर्नु भएको छ ?

कुनै पनि कम्पनीले आफ्नो व्यापार विस्तार गरेपछि त्यसको केही प्रतिशत रकम समाजको  हितमा लगाउनु सबैको दायित्वभित्र पर्न जान्छ । मंगलम् आज यो स्थानमा आइपुग्नुमा हाम्रो कर्मचारी, ग्राहकवर्ग तथा शुभचिन्तकको ठूलो भूमिका रहेको छ । उनीहरूको साथ र सहयोग बिना हामी आज यो स्थानमा आइपुग्न असम्भव थियो । उपभोक्ता एवं कर्मचारीको सहयोगका कारण नै हामीले आफ्नो व्यापार विस्तार गर्न सकेका छौँ । हाम्रो व्यापारबाट आएको केहि रकमलाई हामीले  गरिब, दुःखी तथा काम गर्न नसक्ने अवस्थामा रहेका छन् उनीहरूलाई सहयोग गर्दै आएको छौं । सामाजिक उत्तरदायित्वको कार्यलाई हामी झन् विस्तार गर्दै लानेछौँ । हरेक कर्मचारीको परिवारकै बीमा सुविधाको व्यवस्था छ । केहि समयअघि हाम्रो कर्मचारी एकजना प्लम्बरको आगलागीमा परी शारिरिक अशक्तता हुँदा उनलाई पुन आफ्नै खुट्टामा उभिन सहयोग गर्‍यौं । त्यस्तै हामीले भर्खरै मात्र भैरहवामा सरसफाई कार्यक्रम गर्‍यौं । यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने हो ।

अन्त्यमा आफ्ना उपभोक्ताका लागि के भन्न चाहानुहुन्छ ? 

९० प्रतिशत मानिसको हकमा घर भनेको जीवनमा एकपटक मात्र बनाइन्छ । आफूले जीवनमा एकपल्ट बनाउने घरलाई गुणस्तरमा कहिल्यै सम्झौता गर्नुहुँदैन । प्लम्बिङ भनेको घरको नसा हो । घर बनाउँदा अन्य सबै गुणस्तरीय वस्तु प्रयोग गरेपनि प्लम्बिङमा होस नपुर्‍याउँदा यसले सम्पूर्ण निर्माण नै बिगार्ने गरेको छ । त्यसैले तपाईंले निमार्ण गर्ने संरचनामा गुणस्तरमा सम्झौता नगर्नुहोस् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x