अर्थ / बाणिज्य

७५ प्रतिशत निर्यात गर्ने शर्तमा कृषि उत्पादनमा विदेशी लगानी खुल्ला

इकागज |
पुस २०, २०७७ सोमबार १७:५१ बजे

काठमाडौं : उत्पादनको ७५ प्रतिशत निर्यात गर्ने शर्तमा सरकारले कृषि तथा पशुपन्छीजन्य व्यवसाय तथा उत्पादनमा विदेशी लगानी खुल्ला गरेको छ । कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठुला उद्योगमा भने समेत विदेशी लगानी गर्न खुला गरेको हो ।  

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५को दफा ५० मा सरकारले राजपत्रमा प्रकाशित गरी अनुसूची हेरफेर गर्न सक्ने प्रावधान छ । सोही अधिकार प्रयोग गरी ती क्षेत्रमा विदेशी लगानी खुलाएको हो । यसअघि ऐनले ती क्षेत्रमा विदेशी लगानी भित्र्याउन रोक लगाएको थियो ।


यसअघि ऐनले ती क्षेत्रमा विदेशी लगानी भित्र्याउन रोक लगाएको थियो । पशुपन्छी, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसायमा लगानी खुल्ला गरेको छ ।

दुई वर्षअघि भारतीय अमुल कम्पनीले नेपालको डेरी क्षेत्रमा लगानी गर्ने ईच्छा देखाएपछि सरकारले कानुनीरुपमै बाटो खोल्ने सुरसार गरेको थियो । आत्मनिर्भर हुँदै गरेको डेरी क्षेत्रमा विदेशी कम्पनी आउँदा नेपाली व्यावसायीले हालसम्म गरेको लगानी जोखिममा पर्ने भन्दै उनीहरुले अमुललाई रोक्नुपर्ने डेरी व्यवसायीले माग गरेका थिए ।

संघीय संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी कानुनलाई संशोधन एवम एकीकरण गर्न बनेको विधेयकमा कृषि तथा डेरी उद्योगका क्षेत्रमा पनि विदेशी लगानी खुल्ला गर्ने व्यवस्था गरिएको थियो । नेपालमा स्थापित उद्योगसँग एकल वा सयुक्त रुपमा विदेशी कम्पनीले लगानी गर्न सक्नेछन ।

नेपालमा डेरी क्षेत्रमा भारतीय प्रतिष्ठित कम्पनी नेपाल भित्र्याउने प्रयास विगतदेखि हुँदै आएको थियो । आत्मनिर्भर उन्मुख भएको दुध उत्पादन तथा डेरी उद्योगमा अहिले निजी क्षेत्रको झण्डै २२ अर्ब रुपैयाँ लगानी छ ।

भर्खरै बामे सर्ने अवस्थामा रहेको डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गरिएमा र कुनै बहुराष्टिय कम्पनी आएमा स्वदेशी उद्योग, निजी क्षेत्रको लगानी, किसान र आम उपभोक्तालाई असर पर्ने सरोकारवालाहरू बताउँछन् ।

अहिले स्वदेशमा दैनिक झन्डै ५ लाख लिटर दुध उत्पादन भइरहेको छ । २० हजार प्रत्यक्ष रोजगारी र ५ लाख किसान प्रत्यक्ष दुध उत्पादनमा संलग्न छन् । झन्डै १ हजार ८०० सय दुग्ध सहकारीमार्फत दुध संकलन गरी डेरी उद्योग सञ्चालन भइरहेको छ ।


Author

थप समाचार
x