अर्थ / बाणिज्य

इन्द्र नारायण चोङबाङ्ग जिते ‘रेस फर द एस’

इकागज |
पुस २६, २०७८ सोमबार १५:९ बजे

काठमाडौँ - यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्व लक्षित गरी सुरु गरेको दसैं स्किम 'रेस फर द एस' को विजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् ।

गत भाद्र १५ बाट सुरु गरिएको यस दसैँ स्किम मंसिर १४ सम्म भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधिभरि यामाहाको कुनै पनि बाइकको खरिदमा पनि ग्राहकलाई ८ हजारदेखि देखि १ एकलाख सम्मको तत्काल छुट दिइएको थियो । त्यसैगरी, स्किम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई


हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

नेपालभरिबाट लक्की ड्रमार्फत बिजेताहरू छनौट गरिएको यस 'रेस फर द एस' स्कीमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिई राख्ने एमएडब्लु इन्टरप्राइजका लागि कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।


Author

थप समाचार
x