अर्थ / बाणिज्य

जीमेल १० अर्ब पटक डाउनलोड हुने चौथो एप

इकागज |
पुस २७, २०७८ मंगलबार १२:४५ बजे

काठमाडौँ -  जीमेल एप एन्ड्रोइडमा १० अर्ब पटक डाउनलोड हुने चौथो एप बनेको छ। यसअघि गुगल प्ले सर्भिस, युट्युब र गुगल म्याप्सले १० अर्ब डाउनलोड हुने रेकर्ड तोडेका थिए । रोचक कुरा त के छ भने यी चारै एप गुगलकै हुन्, जसले एन्ड्रोइड स्मार्टफोनमा १० अर्ब डाउनलोडको आँकडा पार गरेका छन् । सामान्यतया व्यक्तिगत ई-मेलका लागि जीमेल प्रयोग हुने गरेको छ ।

त्यस्तै एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नका लागि जीमेल आईडी अनिवार्य हुन्छ ।  एन्ड्रोइड फोनका फिचर प्रयोग गर्नको लागि प्रयोगकर्ताले जीमेल  आइडी राखेपछि मात्र यसको विभिन्न फिचर प्रयोग गर्न सक्नेछन् ।


हालै मात्र कम्पनीले ईमेल पठाइसकेपछि पुनः फिर्ता ल्याउन सकिने फिचर समेत दिन सुरु गरेको छ । अनडु नामक यो फिचरको सहयोगमा तपाईंले ईमेल पठाइसकेको ३० सेकेन्डभित्र फिर्ता ल्याउन सक्नुहुन्छ । यस अघि यो सीमा पाँच सेकेन्डमा सीमित रहेको थियो । 

पछिल्लो पटक जीमेलमा (अन डुु सेन्ड) फिचर थपिएको थियो। जसले प्रयोगकर्ताहरुलाई विभिन्न समयमा इमेल रिकल गर्ने सुविधा दिन्छ। यसअघि गुगलले गलत रूपमा पठाइएको इमेल फिर्ता ल्याउन ५ सेकेन्डको सुविधा दिँदै आएको थियो। सबैभन्दा पहिला एन्ड्रोइडमा १० अर्ब इन्स्टल पुर्‍याउनेमा गुगल प्ले सर्भिस, दोस्रोमा युट्युब र तेस्रोमा गुगल म्याप हुन्।


Author

थप समाचार
x