अर्थ / बाणिज्य

थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य

इकागज |
पुस २१, २०७७ मगलवार १३:२२ बजे

काठमाडौंः थुलुङ दुधकोशी गाउँपालिकालाई आत्मनिर्भर बनाउन सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाले लक्ष्मी बैंकसँग सहकार्य सुरु गरेको छ । उद्यमशीलता र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि सहुलियतपुर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । 
वैदेशिक रोजगारीबाट सीप, अनुभब र धेरथोर पुँजीसमेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुःन विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाभित्रै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने गाउँपालिकाको पहललाई लक्ष्मी बैंकले साथ दिने भएको हो । स्वरोजगार बन्न सहयोग पु-याउने एवं वित्तीय पहुँच विस्तारमार्फत समावेशीतामा अभिवृद्धि गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष असिम राईले बताए । 

एक समारोह बिच सम्झौता पत्रमा गाउँ पालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनान्सियल अफिसियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ संसोधन अनुसार  थुलुङ दुधकोशी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजिकरण कार्यक्रम सञ्चालनका सम्झौता  गरिएको बैंकले जनाएको छ । 


सहुलियतपूर्ण कर्जा लिनका लागि क्षमता विकास गरि सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशिलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवदर्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु-याउने राईको भनाई छ । 


Author

थप समाचार
x