बनेपा र बालाजुमा शाओमीको आधिकारिक स्टोर
काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पुस २१ गते बुधबार बनेपाको गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको बिजी मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो ।
शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना ल्याएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारी नयाँँ स्टोरहरु खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न थप सजिलो हुने बताए ।
उनले भने, ‘हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँ-नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।’ यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउने कम्पनीको अपेक्षा छ । नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुने शाओमीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया