अर्थ / बाणिज्य

नेप्से ३० अंकले घट्यो, कारोबार ८ अर्बभन्दा माथि

इकागज |
पुस २८, २०७८ बुधबार १५:२६ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा गिरावट आएको छ। गत साताको बुधबार ३० अंकले घटेकाे सेयर बजार परिसूचक आजको कारोबारमा पनि घटेको हो । आज नेप्से परिसूचक ३०.५१ अंकले घटेको छ । बजार बन्द हुँदा समग्र सेयर बजार परिसूचक २८०३.६५ अंकमा आएको छ ।

आज सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.०८ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.३३ प्रतिशतले घटेको छ ।


आज कारोबार रकम भने बढेको छ । नेप्सेमा २२९ कम्पनीको ८ अर्ब ३३ करोड २१ लाख २ हजार ७ सय ४२ रूपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर ९० हजार ५ सय ९० पटक खरिद बिक्री भएको छ ।

आजको कारोबारमा लगानीकर्ता नेपाल बाङ्लादेश बैंकको सेयरमा आकर्षित भएका छन् । आज नेपाल बाङ्लादेश बैंकको २८ करोड ६९ लाख कित्ता सेयर खरिद-बिक्री भएका छन् । आजको कारोबारमा समूहगत परिसूचक तर्फ लगानी, व्यापार बढ्दा अन्य ११ परिसूचक भने घटेका छन् ।

नेप्सेमा आज कारोबार भएका कम्पनीहरूमध्ये २९ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ५८ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बजार घट्दा पनि नेपाल इन्फास्टकचर डेभलोमेन्ट बैंक (निफ्रा) र कर्पोरेट डेभलोमेन्ट बैंकको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।  

सर्वाधिक कित्ता सेयर कारोबार गर्ने पाँच कम्पनीमा हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एण्ड डेभलोमेन्ट कम्पनी, नेपाल बाङ्लादेश बैंक, नविल इक्वटी फण्ड, अपि पावर कम्पनी र निफ्रा रहेका छन् ।

आज सर्वाधिक कमाउने कम्पनीमा कर्पोरेट डेभलोमेन्ट बैंक, निफ्रा, नारायाणी डेभलोमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत तथा नेपाल इन्भेस्मेन्ट डिबेन्चर रहेका छन् ।


Author

थप समाचार
x