अर्थ / बाणिज्य

नेपाल आइडलमा यसरी गर्नुहोस् भोट

इकागज |
पुस २९, २०७८ बिहिवार १२:४७ बजे

काठमाडौँ - चर्चित रियालिटी सो नेपाल आइडलमा प्रयोगकर्ताले भोट गर्नको लागि नेपालबाट सेलपे र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगितिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर समेत रहेको छ। यस चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने जनाइएको छ ।

सेलपेबाट भोट गर्ने तरीका


  • सेलपे एप गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट डाउनलोड गरी गरी इन्स्टल  गर्नुहोस ।
  • सेलपेमा साइन अप गरी केवाइसी फिल अप गर्नुहोस ।
  • केवाइसी भेरिफाई भैसकेपछि आफ्नो बैंक खाता लिंङ्क अथवा वालेट लोड गरी भोट गर्न सक्नु हुनेछ ।
  • सेलपेबाट भोट गर्नका लागि सेलपेमा साइन इन गरी भोटिङ आइकन मा क्लिक गर्नुहोस ।
  • आफुलाई मन पर्ने कन्स्टेन्टेन्ट को प्रोफाइल मा क्लिक गरीे ईच्छाईएको भोट संख्या चयन गरी कन्फर्म भोट मा क्लिक गर्नुहोस ।
  • पेमेन्ट अप्सनमामा आफ्नो  लिङ्क गरिएको बैंक खाता वा वालेट चयन गरी पेमेन्ट कन्फर्म गरीे आफ्नो ६ डिजीट पिन टाइप गर्नुहोस ।
  • तपाईले गर्नु भएको भोट सफल भए पछि भोटिङ सक्सेसफुल भएको सूचना पाउनु हुनेछ ।
  • तपाईले एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु हुनेछ ।

श्रृष्टिबाट भोट गर्ने तरीका

  • श्रृष्टि एप गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट डाउनलोड गरी इन्स्टल गर्नुहोस ।
  •  गुगल वा  फेसबुक आइकन क्लिक गरी साइन इन गर्नुहोस ।
  • साइन इन गरी होम पेज मा भएको नेपाल आइडल सिजन ४ ब्यानरमा क्लिक गर्नुहोस ।
  • भोट नाउ मा क्लिक गरीे आफुलाई मन पर्ने कन्स्टेन्टेन्ट को प्रोफाइल मा गएर ईच्छाईएको भोट संख्या चयन गरी कन्फर्म भोटमा क्लिक गर्नुहोस ।
  • स्क्रिनमा सोधिएको आवश्यक विवरणहरु भरी प्रोसिड मा क्लिक गर्नुहोस ।
  • तपाईले गर्नु भएको भोट सफल भए पछि भोटिङ सक्सेलफुल भएको सूचना पाउनु हुनेछ ।
  • तपाईले वाच एड हेरेर एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु हुनेछ ।


Author

थप समाचार
x