अर्थ / बाणिज्य

जन्मदिनमा दुगडको छात्रवृति तथा रक्त्तदान कार्यक्रम

इकागज |
पुस २९, २०७८ बिहीबार १६:३१ बजे

काठमाडौँ - एमभी दुगड ग्रुपले २५ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति घोषणा गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सवका अवसरमा उक्त छात्रवृत्ति घोषणा गरिएको हो ।

उच्च शिक्षा अध्ययन पूरा गर्ने सपना बोकेका तर आर्थिक स्थितिले पढाइबाट वञ्चित विद्यार्थीहरूको उच्च शिक्षामा सघाउन छात्रवृत्ति घोषणा गरिएको ग्रुपले जनाएको छ।


‘६६६ युनिट रगत संकलन गरी वृहत रक्तदान कार्यक्रम, ६३ जनाको निशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वृक्ष रोपण, ६४ जना वृद्धाहरुलाई खाना, २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको छात्रवृति घोषण गरी दुगडको ७५ औं जन्मोत्सव सम्पन्न भएको छ,’ ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कोभिडलाई मध्येनजर गरी पार्टी, भोज भतेर, जमघट, भेला जस्ता अनुत्पादनशील कार्य भने यस पटक नगरिएको जनाइएको छ ।

कतिपय बिरामीले रगत नपाएकै कारणले मृत्यु बहन गर्न बाध्य भएको कुराप्रति ध्यानाकर्षण गर्दै वृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा छरिएर रहेका आफ्ना शाखाहरुबाट रगत संकलन गरिएकाे ग्रुपले जनाएको छ ।

यसैगरी जन्मोत्सवकै पूर्वसन्ध्यामा सोलुखुम्बु र रामेछाप जिल्लामा एमभी दुगडको आयोजनामा निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविर पौष १८ गते मंगलबारदेखि २३ गते शनिबारसम्म सोलुखुम्बु र रामेछाप जिल्लाको विभिन्न ६ स्थानमा आयोजना गरिएको थियो । 


Author

थप समाचार
x