अर्थ / बाणिज्य

साताको सेयर बजार

१६५ अंकले बढ्यो बजार, कारोबार रकम झण्डै ३६ अर्ब

इकागज |
माघ १, २०७८ शनिबार १५:५२ बजे

फाइल फोटो

काठमाडौँ- यस साता सेयर बजार परिसूचक यस साता १ सय ६५ अंकले बढेको छ । साताभर उकालो लागेको बजार बुधबारको कारोबारमा भने ३० अंकले घटेको थियो । गत साता करिब १६८ अंकले बढेको बजार यो साता पनि १६५ अंकले वृद्धि हुँदै साताको अन्तिम दिन कारोबार बन्द हुँदा नेप्से परिसूचक बिन्दू २८५७.७५ अंक पुगेको छ । आइतबार कारोबार सुरु हुँदा बजार परिसूचक अंक २६९२.४७ बिन्दूमा रहेको थियो ।

गत साताबाट रकम बढोत्तोरी हुँदा बजारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । यस साता समग्र कारोबार ६ अर्ब ५० करोड भन्दा माथि नै रहेको थियो ।


आइतबार

साताको पहिलो कारोबारको आइतबार सेयर बजार परिसूचक ७३.०५ अंकले बढेर सुखद सुरुवात गरेको थियो । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २.७१ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.६१ प्रतिशतले बढेको थियो । आइतबार कारोबार रकम पनि बढेर ७ अर्ब १० करोड पुगेको थियो । आइतबार ७३.०५ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दू २७६५.५१ अंकमा पुगेर आइतबारको कारोबार बन्द भएको थियो ।

सोमबार

साताको दोस्रो दिनको कारोबारको दिन सोमबार सेयर बजार १९ अंकले वृद्धि भएको थियो। सोमबार बजार परिसूचक १९.४३ अंकले वृद्धि भएर समग्र बजार परिसूचक २७८४.९४ अंकमा पुगेको थियो । सोमबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ०.७० प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.१६ अंकले बढेका थिए । १९ अंकले बजार बढ्दा लगानीकर्ताले  ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबारमा खर्चिएका थिए ।

मंगलबार

साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल नेप्से परिसूचक ४९ अंकले बढेर समग्र बजार परिसूचक २८३४.१३ अंकमा पुगेको थियो। मंगलबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.७७ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.२८ प्रतिशतले बढेको थियो। आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने केही कमी आएको थियो । मंगलबार ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रूपैयाँ लगानीकर्ताले सेयर बजार कारोबारमा खर्चिएका थिए ।

बुधबार

सेयर बजार परिसूचक बुधबारको कारोबारमा भने गिरावट देखिएकव थियो । बुधबारको कारोबारमा नेप्से परिसूचक ३०.५१ अंकले गिरावट देखिएको थियो। बुधबार ३०.५१ अंकले घट्दा समग्र सेयर बजार परिसूचक २८०३.६५ बिन्दूमा पुगेको थियो । बुधबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.०८ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.३३ प्रतिशतले घटेका थिए ।

बजार ३० अंकले घटेतापनि कारोबार रकम भने सातामै सबैभन्दा धेरै हुन पुगेको थियो। बुधबार ८ अर्ब ३३ करोड २१ लाख २ हजार ७ सय ४२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

बिहीबार

साताको अन्तिम कारोबारको दिन बिहीबार बजार परिसूचक ५४.१२ अंकले बढेको थियो । साताको अन्तिम कारोबार बन्द हुने दिन समग्र बजार परिसूचक बढेर २८५७.७५ अंकमा पुगरे बजार बन्द भएको थियो ।

बिहीबार अंकले ५४.१२ बढ्दा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.९३ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.७१ प्रतिशतले अर्थात ८.९४ अंकले बढेर ५३०.८३ अंकमा पुगेको थियो। बिहीबार ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रूपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर ७७ हजार ६६८ पटक खरिद बिक्री भएको थियो ।

कारोबार रकम बढ्यो

गत साता करिब २१ अर्ब कारोबार भएको सेयर बजारमा यो साता भने कारोबार रकम उलेख्य बढेको छ । यस साता करिब ३५ अर्ब ९५ करोड लगानीकर्ताले सेयर खरिद बिक्रीमा खर्च गरेका छन। कोभिड-१९ को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएपछि अन्य क्षेत्रको लगानी समेत सेयर बजारमा आउने क्रम बढेको छ। त्यस्तै बजारमा तरलता अभावका लागि सहकारी क्षेत्रबाट बजारमा पैसा आएका कारण पनि लगानी कर्ता पुन: सेयर बजारमा आकर्षित भएको देखिन्छ। सेयर बजार पूँजी ४० खर्ब ३७ अर्ब पुगेको छ ।

यस्तो रह्‍यो साताभरको सेयर बजारको सूचकांक

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

पुष २५ आइतबार

२,७६५.५१

+७३.०५

७ अर्ब १० करोड रुपैयाँ

पुष २६ सोमबार

२,७८४.९४

+१९.४३

७ अर्ब १२ करोड रुपैयाँ

पुष २७ मंगलबार

२,८३४.१३

+४९

६ अर्ब ७२ करोड रुपैयाँ

पुष २८ बुधबार

२,८०३.६५

-३०.५१

८ अर्ब ३३ करोड रुपैयाँ

पुष २९ बिहीबार

२,८५७.७५

+५४.१२

६ अर्ब ६६ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x