अर्थ / बाणिज्य

मुगुमा नियमित हवाई सेवा सुचारु

इकागज |
माघ १, २०७८ शनिबार २०:१५ बजे

मुगु - हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाइ उडान सुचारुमा आउन थालेका छन् । पुस महिनाको हिमपातले गर्दा हवाइ उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाइ उडान भरेका हुन् । 

एक साता बढीसम्म रारा विमानस्थलमा हवाइ जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए । लगातार परेको बाक्लो हिमपातले सडक र हवाइ यातायात अवरुद्ध भएको थियो ।  


रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाइ जहाजहरूले नियमित रूपमा उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।  

हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिमपात पर्दा डोजर लगाएर पनि सडक सुचारुमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । मुगुमा पछिल्लो समय मौसममा सुधार हुँदै आइरहेको छ । मुगुमा यो वर्ष दुई पटक मात्र हिमपात भएको छ । हिमपात परेपछि कृषक हर्षित देखिन्छन् । 


Author

थप समाचार
x