अर्थ / बाणिज्य

आजबाट श्रम स्वीकृति पुनः अनलाइनबाट

इकागज |
माघ २, २०७८ आइतवार ९:२१ बजे

काठमाडौं– वैदेशिक रोजगार विभागले आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट दिने व्यवस्था गरेको छ । गएको वर्ष अनलाइनसँगै भौतिक उपस्थितिमा काम भइरहे पनि आजबाट अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति हुने भएको हो।

श्रम स्वीकृतिका लागि विभागको वेबसाइटमा गएर फारम भर्नुपर्ने हुन्छ । विभागकाअनुसार वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने हुन्छ।


पुनः श्रम स्वीकृतिका लागि भने म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम भुक्तानी गनुपर्ने कार्यालयले जनाएको छ। सो रकमसमेत अनलाइन भुक्तानी गर्नुपर्ने हुन्छ। जसका लागि सम्बन्धित मेनपावर कम्पनी आए मात्रै पनि काम हुन्छ।
 


Author

थप समाचार
x