अर्थ / बाणिज्य

सेयर बजारमा उत्साह, ९ अर्ब माथिको कारोबार

२९ सय अंक माथि बजार

इकागज |
माघ २, २०७८ आइतवार १५:२० बजे

फाइल फोटो

काठमाडौँ - गत भदौ २ गते झन्डै ३२ सय नजिक पुगेर घटेको सेयर बजार आजको कारोबारपछि २९ सय अंकमाथि उक्लिएको छ । आज २८५७ अंकबाट खुलेको सेयर बजार परिसूचक केही समयमा नै २९ अंकमाथि पुगेको थियो । बजार खुले देखिनै उकालो तर्फ लागेको बजार बन्द हुने समयमा परिसूचक २९२६ बिन्दूमा पुगेर बजार बन्द भएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६९ अंकले बढेको छ । आइतबार सेयर बजार परिसूचक ६९ अंकले बढ्दा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक २.४१ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स २.२२ प्रतिशतले अर्थात ११.८१ अंकले बढेर ५४२.६३ अंकमा पुगेको छ ।


आज सेयर बजारमा कारोबार रकममा उलेख्य वृद्धि भएको छ। नेप्सेमा २२९ कम्पनीको ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर १ लाख १ हजार ५८९ पटक खरिद बिक्री भएको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये १६७ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १६ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा मैलुङ खोला जलविद्युत आयोजना, न्यादी हाइड्रो पावर बोटलर्स नेपाल तराई लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेड, मनकामना स्मार्ट लघुवित्त, ग्लोबल आइएमई डिबेन्चरको सेयर मूल्य घटेको छ ।

आइतबार कमाउने गर्ने पाँच कम्पनीमा मध्य भोटेकोशी जलविद्युत, स्टायान्डर्ड चार्टर्ड बैंक, किसान लघुवित्त, हिमालय डिस्ट्रीलरी, सिन्धु विकास बैंकले रहेका छन । आजको कारोबारमा नेपाल इन्फास्टक्चर डेभलोमेन्ट बैंक (निफ्रा) को सेयर सर्वाधिक कारोबार भएको छ ।


Author

थप समाचार
x