अर्थ / बाणिज्य

उद्योग वाणिज्य महासंघद्वारा अफगानिस्तानलाई सहयोग

इकागज |
माघ २, २०७८ आइतबार १६:३६ बजे

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको हो । 

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री  डा. नारायण खडकालाई हस्तान्तरण गरेका थिए । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाँडाकुडा लगायत वन्दोवस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो । 


युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापन केहि सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो ।  नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ । 

मुलकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।  
 


Author

थप समाचार
x