अर्थ / बाणिज्य

युट्युबमा स्मार्ट डाउनलोड फिचर उपलब्ध हुँदै

इकागज |
माघ २, २०७८ आइतबार १९:४ बजे

काठमाडौँ- गुगलको स्वामित्वमा रहेको एन्ड्रोइडमा छिट्टै स्मार्ट डाउनलोड फिचर ल्याउन लागेको छ । स्मार्ट डाउनलोड फिचरले प्रयोगकर्ताले कनै सिरिज हेर्दा नयाँ आएका एपिसोडहरू आफैँ डाउनलोड हुन्छन् ।

नेटफ्लिक्स लगायतका ओटीटी प्लेट फर्मले प्रयोग गर्दे आएका छन । यस फिचर अन्तर्गत हेर्ने गरेका एपिसोडलाई डिभाइस वाइफाईमा हुँदा डाउनलोड भएर बस्छ । हेरिसकेको एपिसोड भएमा भने आफैं डिलिट हुनेछ । हाल युरोपका प्रिमियम प्रयोगकर्ताको लागि उपलब्ध गराई परिक्षण गरिरहेको जनाएको छ ।


युट्युबका अनुसार विस्तारै अन्य क्षेत्रका प्रयोगकर्ताबीच समेत यो सुविधा उपलब्ध हुँदै जाने जनाएको छ । हाल यसमा २० ओटासम्म एपिसोड स्मार्ट डाउनलोड सुविधा रहेको छ । यदि डाउनलोड गर्दा डिभाइसको स्टोरेज कम भएमा पनि यसले प्रयोगकर्तालाई सुचित गराउने छ ।


Author

थप समाचार
x