अर्थ / बाणिज्य

'एभरेष्ट बैंक डिबेन्चर २०८६' निष्काशन

इकागज |
माघ ३, २०७८ सोमवार १२:५३ बजे

काठमाडौँ - एभरेष्ट बैंकले लिमिटेडले 'एभरेष्ट बैंक डिबेन्चर २०८६' निष्काशन गरेको छ । आठ वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र  १ हजार रूपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र जारी गरेको हो ।

जारी मध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १२० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ८० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ।


यो ऋणपत्र निष्काशन माघ ३ बाट खुल्ला रहने र निष्काशन बन्द छिटोमा माघ ६ हुनेछ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा लाखौ सन्तुष्ट ग्राहकहरु रहेका छन् । 

देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र  एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 
 


Author

थप समाचार
x