अर्थ / बाणिज्य

सेयर बजार २० अंकले बढ्यो

इकागज |
माघ ३, २०७८ सोमबार १५:२० बजे

काठमाडौँ - साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले बढेको छ । आज सेयर बजार परिसूचक २०.६४ अंकले बढ्दा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ०.७१ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.६८ प्रतिशतले अर्थात ३.७० अंकले बढेर ५४६.३३ अंकमा पुगेको छ ।

आइतबारको कारोबारमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेमा सोमबार भने रकम घटेको छ । आज नेप्सेमा २२४ कम्पनीको ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६सय ६८ रूपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर ९६ हजार ४ सय ८ पटक खरिद बिक्री भएको छ ।


सोमबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये ९७ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा ग्रीनलाइफ हाइड्रो, युनिलिभर नेपाल, समिट लघुवित्त, स्टान्डर्ड चार्टड बैंक, एनएमबि डिबेन्चरको सेयर मूल्य घटेको छ ।

सोमबार कमाउने गर्ने पाँच कम्पनीमा मध्य भोटेकोशी जलविद्युत, सनराइज ब्लुचीप फण्ड, सिंगटी हाइड्रो लिमिटेड, सिइडीबी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फास्टक्चर लिमिटेड रहेका छन । आजको कारोबारमा मध्य भोटेकोशीको सेयरमा सर्किट ब्रेकर लागेको थियो ।


Author

थप समाचार
x