अर्थ / बाणिज्य

आउने भयो ५० मेगापिक्सेल सेल्फी भएको भिभो भी२३ई

इकागज |
माघ ४, २०७८ मंगलबार ११:५२ बजे

काठमाडौँ - भिभोले आफ्नो भी२३ई स्मार्टफोन नेपालमा पनि भित्र्याउने भएको छ। भी-२१ सिरिज सफल भएपछि भिभोका यस सिरिजका अन्य फोनहरूलाई प्रयोगकर्ता व्यापक प्रतिक्ष गरेका कारण कम्पनीले भी२३ ई ल्याउने निश्चित गरेको हो ।

लिकस्टर (मोबाइललगायतका इलेक्ट्रोनिक्स सामानहरु सार्वजनिक नहुँदै तिनीहरुका स्पेसिफिकेसन लीक गर्ने व्यक्ति) हरुको थुप्रै अफवाहपछि भिभोले अन्तत: आइतबार सामाजिक सञ्जालमा पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो।


भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन्। अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको भी सिरिज अपेक्षा गरेभन्दा उत्कृष्ट ठहरिँदै आएको छ। इनोभेटिभ तथा उपभोक्ता लक्षित ब्रान्ड भएका कारण भिभोले सधैं आफ्ना प्रयोगकर्ताका लागि केही न केही अद्वीतीय र उपयोगी फिचर ल्याउने गरेको छ।

 भी२३ई  यस्तो हुनेछन् ।

यो डिभाइसमा स्टेलर क्यामरा आउन सक्नेछ। यसमा ५० मेगापिक्सेलकै अटो फोकस पोर्ट्रेट सेल्फी फिचर पनि रहने र यसमार्फत् उच्च गुणस्तरको सफा र स्पस्ट फोटो खिच्न सकिनेछ। यसैकारण यो स्मार्टफोन फोटो तथा भिडियोका रुपमा आफ्ना जीवनका अविस्मरणीय क्षणहरु कैद गर्न चाहने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीको ठम्याइ रहेको छ।

भिभोको भी२३ई क्यामराका हिसाबले मात्र उत्कृष्ट छैन बरु यसको डिजाइन पनि अद्वितीय र समयसापेक्ष रहेको छ। भिभोले सामाजिक सञ्जाल ह्याण्डल तथा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको टिजर फोटोअनुसार यो डिभाइस प्रयोगकर्ताका लागि हेर्दा आकर्षक देखिने तथा आनन्दित तुल्याउने ज्यादै पातलो अर्थात् अल्ट्रा स्लिम तथा आकर्षक रहेको देखिएको छ।

हालसम्मका लीकअनुसार यो डिभाइस सबै प्रविधि/पारखी, फेशनेबल तथा फोटोग्राफीका शौखिन उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुने कम्पनीले विश्वास गरेको छ। लीकअनुसार यो डिभाइस तथा यसका गर्व गर्नलायक फिचरहरु नेपालमा आगामी जनवरी १८ का दिन सार्वजनिक हुनेछन्।

यसैबीच भिभोले आउँदै गरेको नयाँ भी२३ई लयागत सबै भी सिरिजका स्मार्टफोनको ब्राण्ड एम्बेस्डरका रुपमा प्रदीप खड्कालाई नै निरन्तरता दिने भएको छ। यो साझेदारीले यी स्मार्टफोनका सबै उत्कृष्ट फिचरहरुलाई युवावर्गसँग जोड्न तथा भिभो भी२३ई को बजार अझ मजबुत बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ। भिभोले नेपालमा यो डिभाइस सार्वजनिक गर्नका लागि दराजसँग सहकार्य गरेको छ। यो डिभाइस जनवरी १६ देखि १९ भित्र अनलाइनमार्फत् प्रि-बुकिङ गर्न सकिनेछ।


Author

थप समाचार
x