अर्थ / बाणिज्य

५५ औं वर्षमा कृषि विकास बैंक

यस्ता छन् नयाँ सेवा सुविधा

इकागज |
माघ ४, २०७८ मंगलबार १६:३१ बजे

फाइल फोटो

काठमाडौँ - कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५ औं वार्षिकोत्सवको सु-अवसरमा आफ्ना सेवाग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले मिति माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट,सि-आश्वा, मेरो सेयर र लकर सेवा नलिएका सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

साथै माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोलि उल्लेखित सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था समेत गरेको छ । सो अवधिमा बैंकले प्रवाह गर्ने सेवा लिन सम्पूर्ण ग्राहकमा अनुरोध गरेको छ ।
 



Author

थप समाचार
x