अर्थ / बाणिज्य

व्यवसायी लक्ष्मीदास मानन्धरको निधन

इकागज |
माघ ६, २०७८ बिहिवार २३:२३ बजे

काठमाडौँ– साल्ट ट्रेडिङ्ग कर्पोरेसनका अध्यक्ष एवं राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धरको बिहीबार निधन भएको छ । ९३ वर्षका श्रेष्ठ सक्रिय जीवन बिताउँदै आएका थिए । 

उनी लामो समय साल्ट ट्रेडिङ्गको अध्यक्ष रहे । नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न र मूल्यमा एकरूपमा कायम गराउन उनको महत्वपूर्ण भूमिका छ । श्रेष्ठ नारायणी नेशनल फाइनान्सका अध्यक्ष समेत थिए । जसलाई केही वर्षअघि सनराइज बैंकले प्राप्ति (एक्वायर) गरेको थियो । 


राजनीतिबाट टाढा रहेपनि उनी २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग निकट थिए । उनलाई नेकपा एमालेले २०५८ सालमा राष्ट्रियसभामा सदस्य बनाएको थियो । तर उनी राजनीतिमा कम र व्यवसायमा नै बढी सक्रिय रहँदै आएका थिए । 
 


Author

थप समाचार
x