अर्थ / बाणिज्य

ज्योति लाइफ इन्स्योरेन्सको एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक

इकागज |
माघ ९, २०७८ आइतबार ११:३५ बजे

काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिले एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक गरेको छ ।  कोभिड १९ को महामारीलाई ध्यानमा राखी, ग्राहकहरूको सुविधालाई चुस्त दुरुस्त एवं प्रविधिमैत्री बनाउने क्रममा उक्त सेवाहरूको जानकारी घर बसेरै विद्युत्तीय माध्यमबाट ग्राहकमाझ पुर्‍याउने उद्देश्यले आफ्ना सम्पूर्ण प्रोडक्टहरुको जानकारीमुलक एनिमेटेड भिडियोहरू कम्पनीको आधिकारिक युट्युब च्यानल, मोबाईल एप तथा वेबसाईटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।  एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियोमार्फत कम्पनीका सेवाग्राही तथा अभिकर्ताहरूले सहजै बुझ्ने गरी प्रोडक्टका विशेषताहरू, फाईदाहरू, मापदण्ड, बीमा अवधी तथा बीमालेख जारी गर्ने तरिका दर्शाइएको छ ।

हालसम्म कम्पनीद्वारा जारी गरिएका प्रमुख जीवन बीमा योजनाका जानकारी मुलक भिडियोहरू सार्वजनिक भइसकेको र बाँकी सेवाहरूको भिडियो पनि यथाशिघ्र सेवाग्राहीहरु माझ पुर्‍याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले जानकारी दिए । 



Author

थप समाचार
x