अर्थ / बाणिज्य

स्यानिटरी प्याड

सरकारले उठायो १९ करोड 'रातो कर'

इकागज |
माघ ९, २०७८ आइतबार १९:१८ बजे

फाइल तस्बिर

काठमाडौँचालु आर्थिक वर्ष २०७८/ ०७९ को ६ महिनामा मात्र 'स्यानीटरी प्याड'बाट १९ करोड २९ लाख रुपैयाँ राजश्‍वको उठाएको छ । भन्सार विभागको तथ्यांकअनुसार ८ करोड ४ लाख ४० हजार ४५६ पिस प्याड आयात गरेको छ । यसै वर्ष ६८ करोड ३१ लाख रुपैयाँको आयात गरेको विभागले जनाएको छ ।

अमेरिका, अष्‍ट्रेलिया, बंगलादेश, चीन, भारत, ताईवान र युएई जस्ता मुलुकबाट आयातित प्याड नेपाली महिलाहरूले प्रयोग गर्ने गरेका छन् । नेपालमा सबैभन्दा बढी आयात हुनेको सूचीमा 'स्यानीटर प्याड' पनि पर्छ । मुलुकमा विभिन्न घरेलु उद्योगले पुनः प्रयोग गर्न मिल्‍ने गरी प्याडको निर्माण हुँदा पनि विदेशबाट आयातित हुने क्रम रोकिएको छैन । 


आधा आकाश ढाकिएका रुपमा महिलालाई लिन्छन् । तर, उनीहरूले प्रयोग गर्ने स्यानटरी प्याडमा राजश्‍व वृद्धि हुँदा केही समयअघि महिला अधिकारकर्मीहरूले विरोधसमेत गरेका थिए । विरोधको बाबजुद पनि सरकारले स्यानटरी प्याडबाट राजश्‍व असुल्न छोडेको छैन । मुलुकमा उत्पादति स्यानटरी प्याडले नपुग्दा वर्षेनी विभिन्‍न मुलुकबाट आयात गरिरहेको छ ।

स्यानेटरी प्याडमा लगाएको कर हटाउनु पर्ने मागसहित केही समयअघि सर्वोच्च अदालतमा रिट दायर समेत भएको थियो ।उनीहरुले स्यानिटरी प्याडलाई लक्जरी वस्तुअन्तर्गत कर लगाइएकाले त्यसलाई खारेज गर्नुपर्ने माग भएको थियो ।

महिला अधिकारकर्मीहरूले सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा भन्सार महसुल लगाउने निर्णय गरेको र उक्त निर्णयले सम्पूर्ण महिलालाई संविधानद्वारा प्रदत्त मौलिक हक र सार्वभौम मानव अधिकारको हनन गरेको बताउँदै आएका छन् ।

भारतले भने स्यानेटरी प्याडमा लगाउँदै आएको १२ प्रतिशत कर हटाइसकेको छ । तर, नेपालमा पनि कर हटाउनु पर्ने आवाज उठ्दै आएको छ।

 

 

 

 

 

 

 

 

 


Author

थप समाचार
x