अर्थ / बाणिज्य

६ महिनामा मोबाइल र राउटरमा मात्रै ३८ अर्ब बाहिरियो

इकागज |
माघ १०, २०७८ सोमवार १२:१८ बजे

काठमाडौँ - नेपालमा आर्थिक वर्षको ६ महिनाको अवधिमा २५ अर्बभन्दा माथिकाे मोबाइल सेट आयात भएको पाइएको छ । यो गत आर्थिक वर्षको छ महिनाको तुलनामा ५ अर्बले बढी हो । आर्थिक वर्ष २०७७/७८ को पुससम्म २० अर्ब ६३ करोडको ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएका थिए । आर्थिक वर्ष २०७८/७९ को पुससम्मको तथ्यांक हेर्दा २५ अर्ब ६२ करोडको ३५ लाख ६४ हजार मोबाइल सेट आयात भएको देखिएको छ ।

याे तथ्या‌कले मोबाइल सेटको आयात घटेता पनि यसको आयात मूल्य र भन्सार दर बढ्दा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा ५ अर्बभन्दा बढी रकम देखिएको हो । यस अवधिमा कूल ३५ लाख ६४ हजार ४ सय ३४ थान मोबाइल सेट आयातमा सरकारले मात्रै ४ अर्ब ५ करोड ५३ लाख २२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।


मोबाइल चार्जर

आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा मोबाइलको चार्जरमा मात्रै ६ करोडभन्दा बढीको मोबाइल चार्जर आयात भएका छ । ६ करोड २१ लाख बराबरको ९ लाख २४ हजार मोबाइलका चार्जर आयात भएका छन् । यसबाट सरकारले १ करोड ८९ लाख राजस्व संकलन गरेको छ ।

राउटर

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको प्रतिवेदन अनुसार २०७८ श्रावणदेखि पुस मसान्तसम्म नेपालमा २ अर्ब ५२ करोड रूपैयाँ बराबरको राउटर भित्रिएका छन् । ६ महिनाको अवधिमा २ करोड ५२ लाख बराबरको ७ लाख ३६ हजार ५ सय १६ ओटा राउटर भित्रिएका छन्।  यीमध्ये सबैभन्दा बढी चीनबाट २ अर्ब ४६ करोड ६२ लाख २ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार १६४ वटा राउटर आयात पाइएको छ।

यसपछि अमेरिकाबाट २ करोड ८ लाख २१ हजार बराबरको ५ हजार ६ सय ९ थान, अस्ट्रेलियाबाट १ करोड ३२ लाख ७० हजार रुपैयाँ बराबरको ३ हजार ६ सय २, लिथुआनियाबाट २१ लाख ३९ हजार बराबरको २ हजार ५० ओटा, बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १७ सय थान,  ताइवानबाट ४९ लाख २ हजार बराबरको १ हजार ७२ ओटा राउटर आयात भएको तथ्याङ्क छ।

स्मार्टवाच

नेपालमा स्मार्टवाचमासमेत क्रेज देखिन थालेको छ । गत आर्थिक वर्षको ६ महिनमाको अवधिमा नेपालमा ११ करोड रूपैयाँ बराबरको ५५ हजार स्मार्टवाच आयात भएका थिए । यसै आर्थिक वर्षको अवधिमा भने ३५ करोड भन्दामाथिको स्मार्टवाच आयात भएका छन् । ३५ करोड ७ लाख बराबरको २ लाख ६५ हजार बराबरको स्मार्टवाच आयात भएको विभागको तथ्यांकले देखाएको छ ।


Author

थप समाचार
x